झार्लाङमा काठ चिर्ने आरोले घाँटीमा चोट लागेको अवस्थामा कटुञ्जेका ईश्वर गुरुङ फेला

धादिङ । खनियाबास गाउँपालिका–१ झार्लाङमा काठ चिर्ने आरोले घाँटी काटिएको अवस्थामा एक जना युवा फेला परेको छ । नेत्रावती गाउँपालिका–५ कटुञ्जेका ईश्वर गुरुङ घाइते अवस्थामा फेला परेका हुन् ।

निर्माणाधिन झार्लाङ गिलिङ्चो गुम्बामा हिजो राती करिव १ वजे घटना घटेको स्थानीय मनिष तामाङले जानकारी दिए । ‘घाँटीको रुद्रीघण्टी आरोले काटिएको अवस्थामा भेटिएको हो । उनको घाँटीमा ठूलो चोट लागेकोले बोल्न सक्दैनन् । घाइते बनेपछि उद्धारका लागि गुहार गरेका गुरुङको स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी अस्पताल पठाइएको छ’ उनले भने ।

घटना बारे अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए । पहिलो प्राथमिकता घाइतेको जीवन बचाउनु हो । उनले भने– ‘अहिले घाइतेको उद्धारमा लागेका छौं । अनुसन्धानपछि मात्रै थप जानकारी आउनेछ ।’

स्रोत : नेपाल पथ