अतिक्रमित सार्वजनिक स्थान खाली गर्न त्रिपुरासुन्दरी गा.पा.ले १५ दिने सूचना प्रकाशन

धादिङबेशी । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले अतिक्रमित सार्वजानिक स्थान खाली गर्न १५ दिने सार्वजनिक सूचना प्रकाशन गरेको छ ।
आईतबार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चम्पा भट्ट द्धारा नेपाल सरकार गृह मन्त्रलयकोे सार्वजनिक सम्पति संरक्षण गर्न मिति २०८० साल चैत २५ गते परिपत्र अनुसार सूचना प्रकाशन गर्नु भएको हो ।

गाउँपालिका द्धारा प्रकाशन गरिएको उक्त सुचनामा १५ दिन भित्र गाउँपालिका वडा नम्बर १ स्थितको एक्लेवर, पान्धारे डिल, हात्तीसुडे डिल, वसौला गाउँ, पौवा डिल लगायतका ऐतिहासिक मन्दिर, पौवा, चौर लगायतका क्षेत्रको अतिक्रमित स्थान खाली गर्न उल्लेख गरिएको छ ।

सूचनालाई वेवास्ता गरी अटेर गरेमा नियमानुसार कारवाही हुने समेत गाउँपाालिका द्धारा जारी गरिएको सूचनामा उल्लेख छ ।

स्रोत : नीलकण्ठ एफ. एम.