रुबीभ्याली जाने भाडा घट्यो: लिङलिङ क्याप पुल बने सगै भाडादर २ सय घटेर १ हजार पुग्यो

धादिङ । झार्लाङको पहिरो फेद (लिङलिङ क्याप) मा पुल निर्माणसंगै धादिङबेशी देखि रुबी भ्याली बोराङ सम्मको भाडादर रु.१२०० बाट घटेर रु.२०० कम भई रु.१००० कायम भएको छ ।

रुबीभ्याली पुग्ने सडकमा अवरोध बनेको २ बर्ष देखि अलपत्र खनियाबासको लिङ लिङ ग्याप पुलको निर्माण सम्पन्न भए सगै शनिबार देखि नयाँ भाडादर कायम गरिएको यातायात व्यावसायिले जानकारी गराए ।

रुबीभ्याली पुग्न छोटो सडक लाई जोड्ने खनियाबास गाउँपालिका १ र २ को गर्चोमा रहेको लिङ लिङ ग्याप पुल विगत २ बर्ष देखी ठेगेदारको लापरबाहीका कारण निर्माण सम्पन्न हुन नसकी अलपत्र अवस्थामा रहेको पुल निर्माण कार्यलाई सुचारु गर्न रुबीभ्याली अध्यक्ष रामसिंह तामाङ र खनियाबास उपाध्यक्ष सेकेमान तामाङले पुल निर्माण कार्यको ठेक्का प्राप्त ठेकेदार कम्पनी साथै संघ र प्रदेशमा पहल गर्न निकै मिहिनेत गरिएको थियो ।

यो पुल निर्माण भए सगै खनियाबास १ को पेर्चो गाउँका स्थानीय र रुबीभ्यालीका सम्पुर्ण जनताहरुलाई निकै राहत हुनेछ । करिब २ घण्टाको घुमाउरो बाटो झार्लाङ गाउँ र झार्लाङ पहिरो घुम्नु पर्ने बाध्यताको अन्त्य हुनेछ ।