धादिङबेशीका चर्चित ३ विद्यालयहरु मर्ज हुँदै

धादिङबेशी । नीलकण्ठ नगरपालिकाले वडा न ३ मा रहेको नीलकण्ठ मावि.,बालमन्दिर मावि र ईजारा आविलाई एक आपसमा समायोजन गरि एउटै बिद्यालय बनाउने निणर्य गरेको छ ।

शुक्रबार बसेको नगर शिक्षा समितिको बैठकले नगरभित्रका चर्चित बिद्यालयहरुलाई मर्ज गर्ने एैतिहासिक निर्णय गरेको हो । बैठकले वडा न ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा बिद्यालय संचालन तथा ब्यवस्थापन कार्यदल गठन गरेको छ । समितिको सदस्यहरुमा धुव अधिकारी, कृष्ण बहादुर राउत, अम्बिका अधिकारी, बिष्णुु प्रसाद रिजाल, बाबुकृष्ण श्रेष्ठ, शिवराज रेग्मी, राधादेवी पौडेल र सदस्य सचिवको रुपमा प्रकाशदत्त भट्ट रहनु भएको छ ।

गठित समितिले आईतबार सम्म भौतिक पुर्वाधार, शिक्षक बिद्यार्थी अनुपातका आधारमा कक्षा कोठा ब्यवस्थापन तथा निर्धारण, जनशक्ती ब्यवस्थापन, आम्दानी खर्चको अवस्था लगाएतका बिषय समेटिएको बृस्तृत प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको छ ।

नगरसमितिले नगरपालिका अन्तरर्गतका सामुदायकि बिद्यालयका प्रअ छनोट खुल्ला प्रतिस्पर्धाबाट गराउने समेत निर्णय गरेको छ । त्यसका लागी पुर्वमुख्य सचिव डा. सोमलाल सुवेदीको संयोजकत्वमा छनोट समिति समेत गठन गरेको छ ।

नगर शिक्षा समितिले सामुदायिक र संस्थागत विदालयका सवै कक्षा दिउसोमा संचालन गर्ने र भर्ना अभियान यहि २ गते बाट सुरु गर्ने समेत निर्णय गरेको छ । त्यसैगरी नगर शिक्षा समितिले १२ कक्षा सम्म पुर्ण निशुल्क र सवै शिक्षकहरुको न्युनतम पारिश्रमिक नेपाल सरकारले तोकेको श्रम ऐन अनुसार प्रदान गर्ने समेत निर्णय गरेको छ ।

स–साना बिद्यालयमा बिद्यार्थी नहुँदा बिद्यालय गाभिने परिपाटीमा नीलकण्ठ नगरपालिकाले चर्चित र धेरै मात्रामा बिद्यार्थी भएको बिद्यालय मर्ज गर्ने निर्णयलाई नगरबासीले अर्थपुर्ण रुपमा हेरेका छन् । नगर समितिको यस किसिमको निर्णय शुक्रबार बेलुकी पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको थियो ।

स्रोत : नीलकण्ठ एफ.एम.