धादिङ जिल्लास्तरीय पुरुष कबड्डी प्रतियोगिता चैत २९ देखि हुने: टिम दर्ता चैत २६ गते सम्म

धादिङ । नयाँ बर्ष २०८१ को पावन अवसरमा २०८० चैत २९ गते देखी २०८१ बैशाख १ गते सम्म विल्केश्वर  युवा क्लब र धादिङ कबड्डी संघको सहकार्यमा जिल्ला स्तरीय पुरुष कबड्डी प्रतियोगिता (विल्केश्वर कबड्डी कप )आयोजना गरेको विल्केश्वर  युवा क्लबका  अध्यक्ष बिकाश गरंजाले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार तथा तेस्रो हुने टिमले ७ हजार नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने गरंजाले बताउनुभयो।
साथै बेस्ट रेडर, बेस्ट डिफेण्डर,  सम्मान गरिने आयोजकले जनाएको छ ।जिल्लाको जुनसुकै स्थान बाट पनि सहभागी हुने पाउने यस प्रतियोगितामा खेलाडीहरु भने जिल्ला भित्रकै हुनुपर्ने अन्य जिल्लाका खेलाडीहरु समावेश हुन नपाउने , खिलाडीको तौल ७० के.जी. भन्दा कम हुनूपेर्ने आयोजकले जनाएको छ ।

आयोजकले प्रतियोगितामा टिम दर्ताको लागि चैत्र २६ गतेसम्मको र दर्ता शुल्क रू ३००० तोकेको छ ।खेलमा समावेशहुने सम्पूर्ण खिलाडीहारुको ५०,००० सम्मको बिमा पनी गरिने छ ।
थप जानकारीको लागी :९८०२३३१८००,९८०३३०३३९७