धादिङमा चितुवाले आक्रमण गर्दा ४ जना घाईते: स्थानीयले प्रतिकार गर्दा चितुवाको पनि मृत्यू

धादिङ । जिल्लाको नीलकण्ठ नगरपालिका – ७ तल्लोबेशीमा चितुवाले आक्रमण गर्दा ४ जना घाईते भएका छन । चिुतुवाले कुकुर लगेपछि कुकुर खोज्न जाँदा सुरुमा दिपक श्रेष्ठलाई चितुवाले आक्रमण गरेको थियो । त्यसपछि अन्य स्थानियहरुलाई चितुवाले आक्रमण स्थानीयले बताए ।

घाईते हुनेहरुमा तल्लोबेशीका विमला कोइराला, गोमा श्रेष्ठ, नन्द प्रसाद अधिकारी, दिपक श्रेष्ठ रहेका छन् । घाईतेहरुको हाल धादिङ अस्पताल उपचारको लागि पठाइएको छ ।

मानिसहरुलाई आक्रमण गर्न थालेपछि स्थानियहरुको प्रतिकार गर्दा उक्त चितुवाको मृत्यू भएको छ ।
स्रोत : नीलकण्ठ एफ. एम.