नीलकण्ठ नगर उप मेयर दिपक विश्वकर्मा जिल्ला स्तरीय न्यायिक समिति मञ्चको संयोजकमा चयन

धादिङ । जिल्ला स्तरीय न्यायिक समितिको अध्यक्षमा नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्मा चयन हुनुभएको छ।जिल्ला स्थित सबै स्थानीय सरकारको न्यायिक समितिका पदाधिकारीको भेलाले विश्वकर्माको अध्यक्षतामा जिल्ला स्तरीय न्यायिक समिति मञ्चको गठन गरीएको हो।सबै स्थानीय सरकारको न्यायिक समितिका संयोजकहरु सदस्य रहने गरी जिल्ला स्तरीय न्यायिक समिति मन्च गठन गरीएको हो ।