रेडक्रस धादिङको शिक्षक नायक,जुनियर/युवा गोष्ठी ११बुंदे खाल्टे घोषणा पत्र घोषणा गर्दै सम्पन्न

धादिङ । नेपाल रेडक्रस सोसाइटी धादिङको १७ औँ शिक्षक नायक एवम् २५ औँ जुनियर/युवा गोष्ठी शनिबार
११ बुंदे खाल्टे घोषणा पत्र घोषणा गर्दै सम्पन्न भएको छ ।
नीलकण्ठ नगरपालिका वडा नं ५ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालय खाल्टेमा सुरु भएको जुनियर युवा गोष्ठिमा धादिङका ५५ वटा विद्यालयका शिक्षक नायक र जुनियर युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको उद्घाटन समारोहमा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने समापन कार्यक्रममा जिल्ला रेडक्रस धादिङका अध्यक्ष दुर्लभ कुमर तामाङको रहेको थियो त्यस्तै उद्घाटन समारोहमा रेडक्रस धादिङका उपमन्त्री एवम् जुनियर युवा समितिका संयोजक मिम्वा तामाङको अध्यक्षता रहेको थियो भने समापनमा अनुसा गिरि पन्चकन्या मा.बि.को युवा शर्कल सभपतिको अध्यक्षता कार्यक्रम भएको थियो । कार्यक्रममा केन्द्रीय समित सदस्य नारायण तिमल्सिना, नीलकण्ठ नगरपालिका वडा नं ५ का वडाध्यक्ष रामबहादुर श्रेष्ठ, रेडक्रस केन्द्रिय सदस्य तथा युवा बिकास समिती सम्योजक बिष्णु राज नेपाल, नेपाल पत्रकार महासङ्घ धादिङका अध्यक्ष राजाराम शर्मा लगायतले रेडक्रसको काम, भूमिका र जिम्मेवारीका विषयमा आआफ्ना धारणा राख्नु भएको थियो ।