रुबीभ्यालीका स्थानीयले धादिङ अस्पताल बाट निशुल्क थप ५ सेवा पाउने

धादिङ । भौगोलिक रुपमा विकट र आर्थिक रुपमा अझै कमजोर रुबीभ्यालीका स्थानीय जनताको स्वास्थ सेवालाई मध्य नजर गर्दै, सुलभ र सहज बनाउन रुबीभ्याली गाउँपालिकाले संघ र प्रदेश सरकारले नि:शुल्क गराएको बाहेकका सेवा समेत आफ्नो पालिकाको नागरिकलाई नि:शुल्क गर्न जिल्ला धादिङ अस्पताल सँग बिहीबार सम्झौता गरेको छ ।

सम्झौता अनुसार मुख्य गरि ५ किसिममा थप सेवाहरुलाई रुबीभ्यालीका स्थानीय जनताहरुले जिल्ला अस्पताल धादिङ बाट निशुल्क प्राप्त गर्न सक्ने छन ।