धादिङबेशीमा बिहीबार देखि सुरु भएको नि:शुल्क बृहत योग विज्ञान शिविर २८ गते सम्म हुने

धादिङबेशी । धादिङबेशीमा निशुल्क बृहत योग विज्ञान शिविर संचालन भएको छ । पतंजलि योग समिति धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको सहयोगमा बिहिबार देखि चिल्डेन पार्क आवसीय माध्यामिक विद्यालयमा निशुल्क योग शिविर संचालन भएको हो ।

स्वास्थ्य समृद्धि जीवनको चाहना, योग शिक्षा र साधना भन्ने मुल मन्त्रका साथ योग साधना, प्राकृतिक चिकित्सा र जीवनशैली सम्बन्धि ५ दिनसम्म निशुल्क योग विज्ञान शिविर संचालन हुने पतंजलि योग समिति धादिङका अध्यक्ष गोविन्द कुमार श्रेष्ठले बताउनुभयो ।

शिविरमा साधवी देवी कृपा, लवदेव गुरु, ग्रोवेन तौजल्य, अर्चना, सुधा, कमलराज लबटले प्रशिक्षण गर्नुभएको छ । बिहिबारदेखि सुरुभएको योग विज्ञान शिविर २८ गतेसम्म संचालन हुने छ ।

Source: Nilkantha fm