शहिद परिवारलाई माओवादी केन्द्र नीलकण्ठ नगर कमिटी द्धारा सम्मान

धादिङ । नेकपा माओवादी केन्द्र नीलकण्ठ नगर समिति धादिङले शहिद परिवारजलाई सम्मान गरेको छ ।

आईतबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङ जिल्ला समन्वय समितिको कार्यलयमा शहिद सप्ताहको अवसरमा शहिद परिवारजनलाई सम्मान गरेको हो । नीलकण्ठ नगर समिती अध्यक्ष शम्भु कुमार श्रेष्ठको अध्यक्षता पार्टी केन्द्रिय सदस्य रामबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रम मार्फत १० वर्षे महान जनआन्दोलनमा सहदात प्राप्त नगरपालिका भित्रका सहिदहरुको परिवारका सदस्यलाई टीका दोसल्ला तथा खाना पकाउने प्रेसरकुकर प्रदान गरिएको थियो ।

सहिदहरुको त्याग तपस्य र वलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई धावा बोल्ने,सहिदहरुको सपनालाई कुल्चिने,अपहेलना गर्ने छुट कसैलाई नभएको पार्टी केन्द्रिय सदस्य राम भण्डारीले बताउनुभयो ।

त्यस्तै जिल्ला संयोजक मनराज भण्डारीले देशको आमुल परिवर्तनको लागि ज्यानको आहुती दिने सहिद तथा वेपत्ता योद्धाहरुलाई स्मरण गर्दै देशमा संस्थागत भएको गणतान्त्रिक व्यवस्थालाई जनताको जीवनस्तरका अवस्थामा बदल्न सम्पुर्ण जनसमूदाय,सचेत नागरिक,बुद्धिजिवी वर्ग लगायत परिवर्तन चाहने सबै माओवादी केन्द्रको पक्षमा उभिनु पर्ने स्पष्ट पार्नुभयो ।

त्यस्तै कार्यक्रमको विशिष्ट अतिथि बागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले व्यवस्था विरोधी केहि अराजक तत्वले समाजमा कुतर्क गरिरहेको हुँदा सचेत बन्न सबै धादिङबासी नागरिकहरुमा आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा नेकपा माओवादी केन्द्र धादिङको संयोजक तथा सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष मनराज भण्डारी, बागमती प्रदेश सचिवालय सदस्य तथा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा र बागमती प्रदेश सदस्य सरला धमला रहनुभएको थियो ।

त्यस्तै कार्यक्रममा जिल्ला समिति सदस्य विनोद बाबु रिमाल (सरोज), नगर उपाध्यक्ष बद्री सुवेदी, नगर सचिव चन्द्र बहादुर लम्साल, नगर सह सचिव विष्णु ढुङ्गाना, नेपाल रेडक्रस जिल्ला शाखा धादिङका सभापति दुर्लभ कुगार तामाङ जिल्ला समन्वय सदस्य राम बहादुर श्रेष्ठ, बागमती प्रदेश सल्लाहकार सदस्य होमनाथ कोइराला, नेपाल रेडक्रस सोसाइटी धादिङका मन्त्री नेम बहादुर श्रेष्ठ लगायत जनप्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

माओवादी केन्द्र धादिङले पार्टीको केन्द्रिय सर्कुलर अनुसार हरेक वर्षको फाल्गुन १४ गते देखि २१ गते सम्म शाहिद सप्ताह मनाउदै आएको छ ।