गंगाजमुनाको तामाङखर्क मा.बि.मा अखिल क्रान्तिकारीको इकाई कमिटी गठन

धादिङ । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका वडा नं.४ स्थित तामाङखर्क माध्यमिक विद्यालयमामा
विद्यार्थीसँग अखिल क्रान्तिकारी अभियान अन्तर्गत इकाई गठन गरिएको छ । भेलाले सुमन मगरको अध्यक्षतामा ३१ सदस्यीय तामाङखर्क मावी इकाई कमिटी गठन गरिएको संगठनका जिल्ला सह सचिव श्रीकृष्ण रिजालले बताउनु भयो ।

कार्यक्रममा अखिल क्रान्तिकारी जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य उपेन्द्र जमकट्टेलको प्रमुख आतिथ्य रहेकोथियो भने अतिथिहरुमा अखिल क्रान्तिकारी जिल्ला सह इन्चार्ज श्रीकृष्ण रिजाल, जिल्ला कमिटी सदस्य अनुप अधिकारीको आतिथ्यता रहेको थियो ।