‘नीलकण्ठ कबड्डी कप २०८०’ सम्पन्न

धादिङ । अखिल क्रान्तीकारी नीलकण्ठ बहुमुखी क्याम्पस ईकाई कमिटीकोे आयोजनामा सञ्चालन भएको ‘नीलकण्ठ कबड्डी कप २०८०’को शनिबार सम्पन्न भएको छ ।

प्रतियोगितालाई भैरबी खनाल श्रेष्ठ मोटर ड्राइभिङ सेन्टर (माले बगर) र एपोष्टल एकेडेमिक बोर्डिङ स्कुल (निलकण्ठ – ०४) ले प्रायोजन गरेको उक्त कार्यक्रममा
नीलकण्ठ नगरपालिकाको नगर उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता तथा नीलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज शर्माको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतियोगितामा नीलकण्ठ माध्यमिक विद्यालयका सुमन शाक्य, अनिल वि.क.,रोशन मगर, प्रमोद श्रेष्ठ,महेश लामा,रुपक शाक्य,सुशिल गुरुङ र निखिल सुनारको समुह प्रथम भएको छ । प्रथम हुने समुहलाई १० हजार नगद सहित कप, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

त्यस्तै दोस्रो हुने रोशन तामाङ, अनिश गुरुङ, अनुप रिजाल, सयल खाँण ठकुरी, उत्तम गुरुङ,तोक बहादुर गुरुङ, कञ्चन कुमार श्रेष्ठ, पाबास गुरुङ र योयल तामाङको समुहलाई पाँच हजार नगद सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।  त्यसैगरि प्रतियोगिताको तृतिय हुने समुहलाई पनि मेडल र प्रमाण पत्र आयोजक संस्थाले प्रदान गरिएको थियो ।