कोरियन भाषा परीक्षा सकिन १ वर्ष लाग्ने: १ लाख ६३ हजार ६३५ जनाको आवेदन

काठमाडौँ । कोरियन भाषा परीक्षा सकिन झन्डै एक वर्ष लाग्ने भएको छ । 

ईपीएस कोरिया शाखाका अनुसार दैनिक १ हजार जना सहभागी भएपनि तीन चरणमा लिइने परीक्षा सकिन एक वर्ष लाग्ने भएको हो । 

ईपीएस कोरिया शाखाले तीन चरणमा गरेर परीक्षा लिने उल्लेख गरेको छ । सोमबारदेखि सुरु भएको कोरियन भाषा परीक्षामा पहिलो चरणमा ४७ हजार ५१९ जनाको परीक्षार्थी सहभागी हुँदैछन् ।  पहिलो चरणको परीक्षा चैत २४ गते सकिनेछ ।

त्यसपछि दोस्रो चरणमा ७९ हजार ९३७ जनाको परीक्षा लिइनेछ। उक्त परीक्षा २०८१ को वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म चल्नेछ । 

त्यस्तै, तेस्रो चरणको परीक्षामा ३६ हजार १७९ जना परीक्षार्थी सहभागी हुनेछन् । तेस्रो चरणको परीक्षा २०८१ को कात्तिक २६ गतेदेखि सुरु भएर २०८१ को पुस २ गतेसम्म चल्ने ईपीएस कोरिया शाखाले जनाएको छ । 

सन् २०२३ का लागि अनुमानित १५ हजार ४४८ जनालाई कोरियाको उत्पादनमूलक क्षेत्रमा लैजान भन्दै दरखास्त आह्वान गरेकोमा जान १ लाख ६३ हजार ६३५ जनाले आवेदन फारम भरेका छन् ।