लापा गाउँ पुग्ने सडकको अन्तिम चट्टान ब्लास्टिङ कार्यको अध्यक्ष रामसिङ तामाङ द्वारा उद्घाटन

धादिङ । रुबीभ्याली ५ र ६ सम्म सडक पुग्न अबरोधको रुपमा बनेको मुख्य २ स्थानमा रहेको कडा चट्टानहरु मध्य अन्तिम “आखु यक्याम चो” को भीरमा रहेको चट्टान ब्लास्टिङ मार्फत फुटाउने कार्यको सोमबार गाउँपालिका अध्यक्ष रामसिंह तामाङ द्वारा उद्घाटन गरिएको छ ।

उक्त ब्लास्तिङ उद्घाटनको क्रममा गाउँपालिका अध्यक्ष रामसिंह तामाङ, रुबीभ्याली ५ का वडा अध्यक्ष रम्बा तामाङ, ब्लास्तिङको जिम्मेवारी लिएका नेपाली सेनाका प्रमुख तथा अन्य सेनाहरु, केही स्थानीय सहित ब्लास्टिङ उद्घाटन गरिएको बिपिन तामाङले होराईजन खबरलाई बताउनु भयो ।

बिगत लामो समय देखि सडक बिस्तारको निम्ति अवरोध बनेको र करोडौं बजेट बिनियोजन गरि डोजर मार्फत फुटाउने प्रयास गर्दा पनि असफल भएकोमा अघिल्लो बर्ष गाउँपालिकाको सबै टिमले निकै मिहिनेत गरि नेपाली सेना, नेपाल सरकार लगायत महत्त्वपूर्ण स्थानहरु संग समन्वय गरि ब्लास्तिङ कार्यको थालनी गरिएको थियो । त्यस्तै यदि यो चट्टान फुटाउने कार्य सम्पन्न भए यसै आर्थिक बर्ष भित्र लापा गाउँमा सडक पुग्नेछ ।