अन्तर्राष्ट्रिय सालक दिवस धादिङमा भव्य रुपमा मनाईयो

धादिङ । धादिङमा अन्तर्राष्ट्रिय सालक दिवस भव्य रुपमा मनाईएको छ । डिभिजन वन कार्यालय धादिङको आयोजनामा आज नीलकण्ठ माध्यामिक विद्यालय प्राङ्गणमा धादिङमा पहिलो पटक अन्तर्राष्ट्रिय सालक दिवस मनाइएको हो ।

नागरिकहरुलाई सालकको बारेमा जनचेतना फैलाउने र संरक्षण गर्ने उद्देश्यले सालक दिवसको अवसरमा विषेश कार्यक्रम आयोजना गरिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनु भयो । सालकको संरक्षणमा सबै एकजुट भएर लाग्नको लागि उहाँले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा सालकको बारेमा तयार गरिएको गित, कथा, कविता भजन प्रस्तुत गरिएको थियो । त्यसैगरी शुक्रबार अन्तर्राष्ट्रिय सालक दिवसकै अवसरमा पारेर “हाम्रो सालक, प्यारो सालक“ पुस्तक लोकार्पण गरिएको छ । डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सांसद गोविन्द लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, उप प्रमुख कुलमान वि.क, नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुगाना,‘समुदायिक वनका उपभोक्ता समिति, टोल सुधार समिति शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।