रुबीभ्यालीको ४ गाउँका सम्पुर्ण घरपरिवारहरुलाई १८३ वटा न्यानो फाइबर सिरक बितरण

धादिङ । बिलिभर्स इष्टर्न चर्च समुदाय नेपाल द्वारा रुबीभ्याली गाउँपालिकाको अत्यन्तै विकट वडा न. ५ को नेबेर गाउँका सम्पुर्ण ६५ घरपरिवारलाई न्यानो कपडा बितरण गरिएको छ भने रुबीभ्याली २ तिप्लिङको लब्दुङ गाउँका सम्पुर्ण घरपरिवारमा ५८ वटा र रुबीभ्याली ६ को तिर गाउँका सम्पुर्ण घरपरिवार माझ ४२ वटा र रिचेत गुरुङ गाउँमा १८ वटा गरि जम्मा १८३ न्यानो फाइबर सिरक बितरण गरिएको छ ।

न्यानो सिरक बितरणले आपसमा माया र खुसी सातिएको फादर सन्त गुरुङ बताउनु हुन्छ । आर्थिक अवस्था कम्जोर र भौगोलिक रुपमा विकटताका कारण जाडोमा कठ्याङ्ग्रीएर रात बिताउन बाध्य स्थानीयहरुमा न्यानो कपडा बितरण गरिए सगै केही राहत पुग्ने बिश्वास गरिएको गुरुङ बताउनु हुन्छ ।

उक्त न्यानो सिरक बितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवीहरु सहितको सहभागीतामा बिलिभर्स इष्टर्न चर्चका रेफ फादर सन्त बहादुर गुरुङ, धादिङ जिल्ला फादर नर बहादुर तामाङ लगायत सोही चर्चका डिकन जोसेफ घले, डिकन सुवास गुरुङ सहितको टोलि गाउँ गाउँ मै पुगि बितरण गरिएको थियो ।