रुबीभ्यालीको कपुरगाउँमा हुने सोनाम ल्होछार विशेष कार्यक्रममा बुद्ध लामा आउने

धादिङ । नेपाल तामाङ घेदुङ रुबीभ्यालीको आयोजना र फ्याफुल्ला महिला समुहको सह आयोजनामा तामाङ समुदायले नयाँ बर्षको रुपमा मनाइने २८६० औ सोनाम ल्होसारको अवसरमा रुबीभ्याली ५ कपुर गाउँमा हुन लागिएको बृहत कार्यक्रमको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष रामसिह तामाङको प्रमुख आतिथ्य तथा गाउँपालिका उपाध्यक्ष फेलामा तामाङ एबं नागरिक नायक दिनेश कुमार तामाङको विशेष आतिथ्य रहने छ भने चर्चित गायक तथा नेपाल आइडल बिजेता बुद्ध लामा तामाङको विशेष प्रस्तुति रहने छ ।

जस् अनुसार यहीँ माघ २४ गते कार्यक्रमको भब्य रुपमा भलिबल खेल सहित उद्घाटन गरिने छ भने २६ गते सम्म भलिबल प्रतियोगिता हुने र माघ २७ गते २८६० औ सोनाम ल्होछारको मुख्य दिन बृहत सांस्कृतिक कार्यक्रमको आयोजना सहित हर्सो उल्लासका साथ आपसमा शुभकामना साटासाट गरि कार्यक्रम सम्पन्न हुनेछ ।