कपुरगाउँमा सोनाम ल्होसार विशेष कार्यक्रम तथा रुबीभ्याली गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता हुने

धादिङ । नेपाल तामाङ घेदुङ रुबीभ्यालीको आयोजना र फ्याफुल्ला महिला समुहको सह आयोजनामा तामाङ समुदायले नयाँ बर्षको रुपमा मनाइने २८६० औ सोनाम ल्होसारको अवसरमा रुबीभ्याली ५ कपुर गाउँमा बृहत सांस्कृतिक कार्यक्रम सहित गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता हुने स्थानीय प्रदीप तामाङले होराईजन खबरलाई जानकारी दिनु भयो ।

जस् अनुसार यहीँ माघ २४ गते देखि २६ गते सम्म भलिबल प्रतियोगिता हुनेछ भने माघ २७ गते बृहत सांस्कृतिक कार्यक्रम सहित २८६० औ सोनाम ल्होसार विशेष कार्यक्रमको हर्सो उल्लासका साथ मनाइने तामाङले बताउनु भयो ।