रुबीभ्यालीको रास्ट्रपति रनिङ शिल सम्पन्न: १४ गोल्ड मेडल सहित लापा मा.बि. प्रथम

धादिङ । रुबीभ्याली गाउँपालिकाको छैठो रास्ट्रपति रनिङ शिल प्रतियोगिता सोमबार सेर्तुङमा सम्पन्न भएको छ ।

एथलेटिक्स, भलिबल र कराते खेलहरुमा भएको प्रतिस्पर्धाहरुमा करातेमा ५ वटा गोल्ड मेडल, एठलेटिक्समा ९ गरि लापा माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । त्यस्तै च्याम्रा माध्यमिक विद्यालय कराते मा ७ र एथलेटिक्समा ३ गोल्ड मेडल सहित दोश्रो र डोङडेन माध्यमिक विद्यालय एथलेटिक्समा ८ मेडल सहित तेस्रो हुन सफल भएको छ ।

खेलको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष रामसिङ तामाङको सभापतित्व र बागमती प्रदेश खेलकुद बिकास परिषदको सदस्य सचीव सुर्यलाल भण्डारी को प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै गाउँपालिका उपाध्यक्ष फेलामा तामाङ र जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रताप तामाङको विशेष आतिथ्य, रुबीभ्याली गाउँपालिका स्रोत ब्यक्ति उत्तमलाला तामाङको आतिथ्य सहित रुबीभ्यालीका ३ माध्यमिक विद्यालयहरुका शिक्षक तथा विद्यार्थीहरुको सहभागीतामा सम्पन्न भएको हो ।