चीनमा शक्तिशाली भूकम्प: १०० भन्दा बढीकाे मृत्यु

अन्तर्राष्ट्रिय खबर । चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने गान्सु प्रान्तमा सोमबार राति गएको शक्तिशाली भूकम्पमा परेर एकसय भन्दा बढीको मृत्यु भएको छ, भने दुई सय भन्दा बढी घाइते छन् ।
स्थानीय समय अनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका छन् । यसैगरी छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएका छन् ।भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ ।
बिहानैदेखि खोज तथा उद्धारलाई तीव्रता दिइएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरुको उद्धार, राहत र घाइतेहरुको उपचारमा पूरै शक्ति परिचालन गरिएको जानकारी दिएका छन् ।