लापा खादिङ सडक ब्लाष्टिङ सम्झौता १ बर्ष थप : यसै बर्ष लापा र खादिङमा सडक पुग्ने

धादिङ । रुबीभ्याली ५ र ६ को लापा खादिङ पुग्ने सडक भौगोलिक बिकटताको कारण लामो समय देखिको प्रयास पश्चात् पनि सडक बिस्तार कार्यले गति लिन सकेको थिएन । अघिल्लो बर्ष गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगायत वडा अध्यक्षहरुको पहलमा
ब्लाष्टिङ कार्यको सुरु भै सडक निर्माण कार्यले गति लिएको थियो ।

साथै भौगोलिक बिकटता र खराब मौसमका कारण अघिल्लो बर्ष सम्पन्न हुन नसकेको उक्त सडक निर्माणका लागि नेपाली सेना शिव दल गण गजुरी ब्यारेक र रुबी भ्याली गाउँ पालिका वीच भएको चट्टान ब्लाष्टिङ सम्झौता (MOU) एक वर्ष थप भएको छ । यो सम्झौताले यो वर्ष नै लापा, खादिङ सडक सञ्जाल बिस्तार हुने गाउँपालिका अध्यक्ष रामसिङ तामाङले बताउनु भयो ।

बागमती प्रदेश सरकारले एकिकृत रुबी भ्याली बिकास कार्यक्रम अन्तर्गत लापा खादिङ सडक निर्माणको लागि रु.२३०,०००००/- (दुई करोड तिस लाख) बिनियोजन गरी प्रादेशिक सडक डिभिजन कार्यलय धादिङले ठेक्काको प्रक्रियामा अघि बढाई सकेको छ । गाउँ पालिकाले थाम डाँडा खादिङ सडकमा २ करोड बराबरको ठेक्का सम्झौता गरी कार्यदेश दिइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here