नेकपा एकिकृत समाजवादी रुबीभ्यालीको पालिका कमिटि बैठक सम्पन्न: यस्ता छन निर्णयहरु

    
 

धादिङ । नेकपा एकिकृत समाजवादी रुबीभ्यालीको पालिका कमिटि बैठक सोमबार सम्पन्न भएको छ ।

पालिका अध्यक्ष रिक लामाको अध्यक्षतामा भएको उक्त बैठकमा पालिकामा पार्टीलाई उत्कृष्ट बनाउने अभियान अन्तर्गत विभिन्न किसिमको छलफल तथा निर्णयहरु समेत गरिएको अनेरास्ववियु रुबीभ्याली अध्यक्ष पृथ्वी गुरुङले होराईजन खबरलाई जानकारी दिनु भयो ।

जस् अनुसार, तुरुन्तै सदस्यत नवीकरण अभियान सुरु गर्ने, चैत भित्रमा पालिका अधिबेशन गरि सक्ने, कार्यकर्ता कल्याण कोष निर्माण गर्ने लगायत रुबीभ्याली वडा न. ३ को अध्यक्षमा सेर बहादुर तामाङ मनोनीत गरिएको छ, त्यस्तै युवा संघ अध्यक्षमा सन्जय थापा (तामाङ), जनजाति महासघंको अध्यक्षमा धन बहादुर तामाङ मनोनीत गरिएको गुरुङले बताउनु भयो ।

कार्यक्रममा बागमती प्रदेश कमिटीका सदस्य मेन घलेको प्रमुख आतिथ्य, जिल्ला पार्टी सह सचीव जिबन तामाङ र युवा नेता रेसम तामाङको विशेष आतिथ्य रहेको थियो ।