गाउँपालिका अध्यक्षले गाडी सिक्ने क्रममा दुर्घटनामा पर्यो

युनिस तामाङ
रामेछाप ।दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले गाडी सिक्ने क्रममा दुर्घटनामा परेको छ ।

अध्यक्ष मोक्तानले सिक्ने क्रममा मङ्गलवार प्रदेश–३–०१–००२ झ ५१०६ नम्बरको गाडी (जीप) दुर्घटनामा परेको हो ।

अध्यक्ष मोक्तानले कार्यालय परिसरमा पार्किङ गरेर राखेको गाडीको चाबी चालकसँग मागेर आफैँले चलाएर स्वास्थ्य चौकी टोकरपुरसम्म लैजानुभएको थियो। उहाँले त्यो गाडी स्वास्थ्य चौकीबाट फर्काएर कार्यालय परिसरमा ल्याएर पुनः परिसरबाट बाहिर निकाल्ने क्रममा दुर्घटनामा परेको हो ।

गाडी दुर्घटनामा परे पनि अध्यक्ष मोक्तान सकुशल हुनुहुन्छ ।
अध्यक्ष मोक्तानले गाडी निकाल्दै गर्दा अकस्मात् एक्सिलेटर दबाउँदा हुत्तिएर पालिकाको भवनमुनि रहेको चिस्यान केन्द्रको भवन नजिकै ठोकिएको थियो ।

गाडी ठोकिदा अगाडिको भागमा क्षति पुगेको छ । अहिले त्यो गाडीलाई चालकले त्रिपाल ओढाएर राखेका छन् । गाडी दुर्घटनामा परेपछि अध्यक्ष मोक्तान अर्कै गाडी लिएर काठमाण्डाै जानुभएको गाउँपालिकाका एक कर्मचारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here