युनिस तामाङ
धादिङ।नुवाकोट, रसुवाको सीमानामा पर्ने धादिङ्गको रुवीभ्याली गाउपालिका एक घुम्नै पर्ने धादिङबाट नजिकको गन्तव्य हो ।
रुबीको लागि प्रसिद्ध रुबीभ्याली कालो दह,सेतो दह,गणेश हिमाल,सेर्तुङ्ग, चालीस गाउँ,तात्तोपानी कुण्ड तिप्लिङ्ग ,लब्दुङ्ग, पाङ्गसाङ्गपास र सोमदाङ्ग अादि सुन्दर गाउँहरु छन्। धेरै अघिको हाम्रो रुबी भ्याली घुम्ने चाहना पूरा भएको छ ।हिउदको समय थियो।
भोलिपल्ट हामी ६,७ जना सप्त कुमार घले (म)युनिस तामाङ,बे माया भाउजु,उहाँको आफंतहरु,रुबीभ्यालीको लागि प्रस्थान गर्यो।
हाम्रो यात्रा मिलन टोल हुँदै लगभग २ घण्टामा लपाङ फेदी पुगियो। त्यहाँ खाना खाएर बोराङ, सेर्तुङ्गको लागि चढ्यो।
झार्लाङको पहिरो बोराङ हुदै सेर्तुङमा साझाको ७ बजे तिर पुगेछ ,सेर्तुङ गाऊँको साझापखामा देख्ने, झिलीमिलीको मनोरम दृश्यले दिउसो भरिको हाम्रो थाकेका मन भुलाई दियो।
त्यो दिन सेर्तुङमा सबैले नरमान भनेर चिनिने नरमान तामाङ दाईको होटेलमा बास बसे ।होटेलमा माँछे भरिभराउ थियो ।हल्का जाडो पनि थ्यो सप्त दाईलाई भाउजुले नखाउ नखाउ भंदा भन्दै पनि २,४ गिलास रक्सी खाईदिनु भयो।त्यस पछि दाईले सेर्तुङको बारेमा मलाई बताउन थाल्नु भयो।कुनै कुनै कुरा त गफ जस्तो पनि लाग्यो ।तर सेर्तुङ सच्चिकै रमाईलो ठाउ रहेछ भन्ने कुरा चै महसुस भयो।
दाई र म गफ गर्दै थियो ।उता होटेलको माँछेले खाना बोलाउनु भयो lअनि खाना खाए ,खाना एकदम स्वादिष्ट थियो।अनि हामी सबै जना आ-आफ्नो ठाऊ सुत्न गए।
भोली बिहान सबेरै उठे,चिया नास्ता खाए । त्यहाबाट करिब ६:३० तिर तिप्लीङ सम्मको यात्रामा हिडे,हिन्ने क्रममा दाई र भाउजु रूबीभ्यालीको तातोपानीको विशेषता सुनाउनु भयो ।जे होस राम्रै रैछ भन्ने सोचदै यात्रा अगाडी बढ़े,एक छिन पछि अधाखोला पुग्यो ।अधाखोलाको उकालो छड़ने क्रममा दाईले आफ्नो बिगतलाई समझिनु भो।जे होस उकालो भुलाउने बहना थियो।अधाखोलाको आधी बाटो पुगेपछि तिप्लीङको २ जना दलित र ३,४ जना तामाङ साथीहरुसंग भेट भयो। चौतारो असाध्यई राम्रो थियो।त्यो रमाईलो चौतारोमा बसियो ।करिब आधा घण्टा जत्ति रमाइलो गफ चल्यो।
त्यहाबाट हिडेको २० मिनेट पछि दलितहरुको बस्तीमा पुग्यो,मनमनै आह…कस्तो राम्रो बस्ती भन्ने लाग्यो ।यात्रा जारी थियो ।एकछिन पछि तिप्लीङ गाउ देखियो ।ओ माईगड तिप्लीङको ठुलो बस्ती र लब्दुङको बस्ती त यस्तो रहेछ ।बा फ्रे बा ,त्यहाको मनोरम दृश्य देखेर म छक्क परे।गणेश हिमाल छेउमै देखिन्थ्यो।पङसाङ माथी नै थ्यो,आह..लाग्यो,२ दिन सप्त दाई र बे माया भाउजुको घरमा बसेर दाई,भाउजुले सबै ठाऊ घुमाईदिनु भयो ।
सप्त दाई दोङदेन स्कुलको अध्यक्ष हुनुहुदो रहेछ त्यहा पुगेर स्कुलको शिक्षकहरुसंग पनि चीनाजान गरियो ।त्यस दिनको साझा धादिङ बेसीबाट मेरो मोबाईल फ़ोन आयो।तरून्तै धादिङ बेसी जानु पर्ने किसिमको फ़ोन आएपछि रूबीभ्यालीको तात्तोपानी जाने प्लान क्यनसिल गरेर भोली पल्ट पाचै बजे उठेर धादिङ बेसी फ़र्कियो । २ दिनको हिडाई २ दिनको जीपयात्रा थकाई लागेपनि सुन्दर मनमोहक दृश्यहरु देख्दा मन अति नै प्रफुल्लित भयो। यसरी हाम्रो ४ दिने रुबी भ्याली यात्रा सम्पन्न भयो ।