पाँचौं शताब्दीको शिलालेख रहेको कुरी म्हन्दङमा ह्रम्ने

खनियावास गाउँपालिका वडा नं ३, कुरि गाउँमा अवस्थित म्हन्दङमा अनेक शिलालेखहरु रहेका छन् ।

ती शिलालेखहरु पाँचौ शताब्दीभन्दा अघिको हुन सक्ने अनुमान खोज अनुसन्धान कर्ताहरुले गरेका छन् ।त्यसमा रहेका शिलालेखहरुमा उछेन, उमेद र सम्भोटा लिपिको समेत प्रयोग गरिएको पाइन्छ ।

म्हन्दङ बोन र बौद्धमार्गीहरुको पुजनीय तीर्थस्थलको रुपमा विकास हुँदै आएको छ ।

मानव सभ्यता बस्दै आउने क्रममा अखे ङ यानेकी पाँचौ बराजुले कुरि म्हन्दङको स्थापना गरिएको किम्बदन्ती पाइन्छ ।आपासका सङह्रप सुनाउने क्रममा “कुरि म्हन्दङ सेर्की लुम्बु” भनेर पुज्ने गरिन्छ ।

यस पटक कुरि गाउँका सांस्कृतिक अभियन्ताहरुको पहलमा म्हन्दङलाई पुनर्निर्माण गरेका थिए । पुनर्निमित म्हन्दङलाई ह्रम्ने (प्राण प्रतिष्ठा) स्थानीय लामाहरुले बौद्ध विधि अनुसार गरेका हुन् ।

कुरिमा ल्याक्चेकुण्ड, बिजिलियुङ लगायतका अन्य धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका स्थानहरु समेत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here