चौथो अन्तर्राष्ट्रिय तेक्वान्दोमा धादिङलाई २ स्वर्ण,४ रजत र १० कास्य सहित १६ जनालाई पदक प्राप्त ।

अमृत (उर्गेन)तामाङ
काठमडौं।त्रिपुरेश्वर स्थित कभड हलमा असोज ५ देखि ६ सम्म भएको चौथो खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतयोगितामा २ स्वर्ण सहित १६ मेडल प्राप्त भएको छ। ४१ किलो तर्फ नवीन तामाङ र ३० किलो तर्फ जेनिसा थापा मगरले स्वर्ण जितेका छन् ।

५३ किलो तर्फ सुस्मिता महत्व, २८ किलो तर्फ प्रयास गिरी ,४८ किलो तर्फ उमा तामाङ र पुम्से तर्फ अञ्जना तामाङ रजत जितेका छन् । साथै ४१ किलो तर्फ करण घले, २७ किलो तर्फ विनिसा श्रेष्ठ र विज्ञा श्रेष्ठ, ४५ किलो तर्फ शुभ श्रेष्ठ, ३१ किलो तर्फ ओसन गुरुङ, २७ किलो तर्फ दीप सागर राना मगर,६३ किलो तर्फ पासाङ तामाङ , पम्से तर्फ सारिका बराइली,एलिस तामाङ र कामना गुरुङले कास्य पदक प्राप्त गरेका छन ।

भारत र भुटान जस्ता देश सहभागी भएको उक्त प्रतियोगितामा ५० जना भन्दा बढी धादिङका खेलाडीहरुले भाग लिए थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here