सडकमा भेटिएको सालक राधे भण्डारीले डिभिजन बन कार्यालयलाई बुझाए


धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा न ४ खानीगाउँको सडक छेउमा फेला परेको सालकलाई डिभिजन वन कार्यालय धादिङको जिम्मा लगाइएको छ ।

नीलकण्ठ नगरपालिका वडा न ३ निवासी राधाकृष्ण भण्डारी शुक्रबार विहान पैदल हिड्ने क्रममा सडकमा सालक भेटेपछि उहाले उद्धार गरी डिभिजन वन कार्यालय धादिङलाई बुझाएका हुन् ।

यस वर्ष मात्रै तीन वटा सालकको उद्धार गरिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख अजय विक्रम मानन्धरले बताउनु भयो । सालक दुर्लभ वन्यजन्तु अन्तर्गत पर्दछ उहाँले भनु भयो ‘शुक्रबार उद्धार गरिएको सालक २६ इन्चको लम्बाइ, १६ इन्चको मोटाई सहित २ किलो ३०० ग्राम रहेको छ ।

सालकको उद्धार गरेर राधाकृष्ण भण्डारीले कार्यालयमै ल्याइदिनुभयो । वन्यजन्तु संरक्षणमा खेल्नु भएको भूमिका प्रति हामी आभारी छौं । सबै नागरिक सचेत भए वन्यजन्तु संरक्षणमा सहयोग पुग्नेछ ।’

‘सालक दुर्लभ बन्यजन्तु हो । किसानको त साथी नै हो । सालकले धमिरा खाइदिन्छ । वातावरण सन्तुलनमा पनि सालकको उस्तै भूमिका रहेको हुन्छ’, उहाले बताउनुभयो उद्धार गरिएको सालकलाई सिद्धलेक गाउँपालिकाको सामुदायिक वनमा छोडिएको छ ।

आफ्नो गाउँघर वरपर सालक तथा अन्य दुर्लभ जीव जनावर देखे डिभिजन वन कार्यालय वा सम्बन्धित निकायमा जानकारी गरिदिनुहुन उहाँले सववै संग आग्रह गर्नु भएको छ ।

साभार-निलकण्ठ एफएम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here