शिक्षक द्वारा विद्यार्थीलाई चिठी : “असोज ३ गते देखि म स्कुल उपस्थित नसक्नुका कारणहरु”

धादिङ । मेरा प्यारा विद्यार्थी भाईबहिनीहरु ! म भोलि २०८०/०६/०३ गते देखि काठमाडौमा हुने आन्दोलनमा जाँदै छु । सर किन जान लाग्नुभो भन्ने तिम्रो मनमा लाग्न सक्छ त्यसैले तिम्रो जिज्ञासा लाग्नु पुर्व नै तिम्रो जिज्ञासा मेटाउन खोज्दै छु । म आन्दोलनमा जानुको मुख्य कारण म जस्ता शिक्षण पेशालाई मन्दिर बनाएका हजारौं शिक्षक तथा कर्मचारीसंग छलफल नगरी सरकारले एउटा विद्यालय शिक्षा विधेयक २०८० ल्याएको छ । उक्त विधेयकमा हाम्रा हक अधिकार शिक्षण पेशामा आवद्ध नभएका व्यक्तिले लेखेका रहेछन । मेरो शिक्षण पेशा धमिलो हुदैछ, छाया लम्बिदै जानुको अर्थ सुर्यास्त हुदैछ भन्ने बुझेको म, त्यसैले शिक्षक तथा कर्मचारीको हक अधिकार सुनिश्चित गर्नको लागि तथा शिक्षण पेशालाई मर्यादित र सम्मानजनक बनाउनको लागि काठमाडौ आन्दोलनमा सहभागी हुन जाँदै छु । यो बिचमा म विद्यालय आउन सकिन, तिमीहरु स्व:अध्ययन गर्नु, पढाइसकेका पुर्व अध्यायहरु पुनरावलोकन गर्नु पुन:स्मरण गर्नु है । म आए पछि फेरि पढौला पढाउला यसको चिन्ता नगर । बिदाको बेलामा विद्यालय खोलेर भए पनि विहान बेलुकाको समय सदुपयोग गरेर भएपनि म यो क्षतिलाई पुर्ति गर्ने छु । तिम्रा बाबा आमा अभिभावकलाई पनि सर आफ्नो हक हित र अधिकार सुनिश्चितताको लागि आन्दोलनमा जानू भएको कुरा भन्दिनु र सम्झाउनु ल । अहिलेको आन्दोलन शिक्षकको लागि मात्र नभइ समग्र शिक्षाको सुधारका लागि,भोलीको दिनमा शिक्षा क्षेत्रमा भविष्य देखेका सबैका लागि हो । समाजको सचेत वर्ग रहेकोले शिक्षकले नेतृत्व गरेको हो भन्दिनु ल ।
आन्दोलन गरेर माग पूरा गरेर फेरि विद्यालयमा भेट्ने वाचा सहित यो पत्र मेरा विध्यार्थीहरुका लागी !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here