तीजको नाचगानमा विवाद हुँदा कुटपिटबाट एक युवकको मृत्यु

पाल्पा, १ असोज । तीजको नाचगानमा विवाद हुँदा कुटपिटबाट पाल्पामा एक युवाको मृत्यु भएको छ । घटनामा तिनाउँ गाउँपालिका-२ घोडेवासका २४ वर्षीय सुनिल खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

हिजो दरखाने दिन बेलुका तीजको नाचगान भैरहेको ठाउँ घोडेवासमा आफ्नै साथीहरुबीच सामान्य झगडा भएको थियो । यो विषयलाई लिएर आज बिहान सुनिलमाथि कुटपिट भएको र घाइते सुनिलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्युु भएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालय पाल्पाले झगडा तथा कुटपिटमा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ॥

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here