चेपाङहरुको न्वागी(छोनाम)पर्व आज सप्पन्न

धादिङ– बागमती प्रदेश सरकारको मूख्यमन्त्री शालिकराम जम्कट्टेले चेपाङ समुदायलाई विकासको मूलधारमा पुर्‍याउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

नेपालका सिमान्तकृत चेपाङ जातीको राष्ट्रिय पर्व न्वागीको अवसरमा धादिङको गजुरी गाउँपालिका–५ च्याङ्लीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले चेपाङलाई अन्य समुदाय सरह विकासको मूलधारमा पुर्‍याउन कार्यदल बनाएर अघि बढ्ने बताए । ‘चेपाङ समुदायको विकासका लागि संघिय सरकारसँग पनि समन्वय गरिरहेका छौं । चेपाङ समुदायको चेपाङ चिउरी र चमेरो सर्किट बनाउ पर्छ । यो समुदायको विकासका लागि भनेर बजेट छुट्याएका छौं’ उनले भने ।

विशेष संरक्षित क्षेत्र र स्वयत्त क्षेत्र संविधानमा व्यवस्था भएको कारण संघिय सरकारले पनि निर्णय गर्नुपर्ने धारणा राख्दै मुख्यमन्त्री जम्कट्टेलले भने– ‘चेपाङ समुदायको विकासमा हामी सदैव सँगै छौं ।’ आदमघाट वैकुण्ठ मनोहरी सडकलाई वैकल्पिक राजमार्गको रुपमा विकास गर्न निर्माण कार्य भैरहेको उनले जानकारी दिए ।

मुख्यमन्त्री जम्कट्टेलले देशभरका चेपाङ समुदायको विकास र उन्नतीका लागि सबै राजनीतिक दलहरु एक हुनुपर्ने बताए । एकले अर्काेलाई होच्याएर विकास गर्न नसक्ने भन्दै विकासको लागि सबै एक हुन जरुरी रहेको पनि उनको भनाई छ ।

महाधारत शृङ्खलाकै छेउ च्याङ्लीमा आयोजित कार्यक्रममा बोल्दै धादिङबाट निर्वाचित सांसद रामनाथ अधिकारीले महाभारत श्रृखलाको कुना कन्दरामा बसोबास गर्ने चेपाङसहित अन्य जातजातिको विकासको लागि सबै मिलेर लागि पर्नुपर्ने बताए। रिठ्ठा र भ्याकुर खाने जातजातिका लागि सबै राजनितिक दल एक भएर संकल्प गरौं । अब तीन वर्ष विकास गरौं, चौथौ वर्ष अर्थात चुनाव वर्ष राजनिति गरौंला भन्ने सोच सबै राजनितिक दलले राखेर अघि बढ्औं ।’ उनले भने– दुर दराजमा रहेका गरिवको पनि उत्थान हुनेछ ।’

कार्यक्रममा बोल्दै नेपाल चेपाङ संघका केन्द्रिय अध्यक्ष गोविन्दराम चेपाङले विभिन्न कारण लोप हुने अवस्थामा पुगेको चेपाङको धर्म संस्कृति, रितिरिवाज, परम्पराको जगेर्नामा युवापुस्ताको सक्रियता बढेकोमा खुसी ब्यक्त गरे । त्यस्तै गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले चेपाङ विद्यार्थीको लागि प्राबिधिक शिक्षा निशुल्क गर्न सुरु गरिएको बताए । स्वास्थ्य तथा सरसफाईमा चेपाङ समुदाय अझै पनि पछाडि रहेकोले घरघरमा धारो र सौचालयको व्यवस्थापनको लानी पालिकाले निरन्तरता दिने बताए ।

नेपालका सिमान्तकृत चेपाङ समुदायले न्वागी पर्व शुक्रबार धुमधामका साथ मनाएका छन् । देशभरका चेपाङहरु धादिङमा जम्मा भएर यो पर्व मनाएका हुन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन् । सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो ।

कार्यक्रममा चेपाङ समुदायको रितिरिवाज र सस्कृति झल्काउने झाँकीहरु प्रस्तुत गरिएको थियो । कलाकारहरुले चेपाङको कला सस्कृति झल्काउने नृत्य तथा गीत प्रस्तुत गरेका थिए । चेपाङ झाक्रीहरुले एक पाखे ढ्याङ्ग्रो बजाएर मञ्चमै फलाकेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here