धादिङको पत्रकार र निजामती कर्मचारीको मैत्रीपूर्ण फुडबल खेलमा निजामति कर्मचारी विजयी

युनिस तामाङ
धादिङ।निजामती सेवा दिवसको अवसरमा धादिङका पत्रकार र कर्मचारीबिचको मैत्रीपूर्ण फुटबलमा निजामती कर्मचारीको टिम बिजयी भएको छ ।

कर्मचारी मिलन केन्द्र धादिङको आयोजनामा आज धादिङबेसीस्थित खुल्ला मञ्च(फुटबल ग्राउण्ड)मा भएको मैत्रीपूर्ण फुटबलमा पत्रकारको टिमलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै कर्मचारीको टिम बिजयी भएको हो ।

दुवै तर्फबाट एक÷एक गोल भएपछि समय थप नगरी सिधा ट्राइबेकर(पेनाल्टी)मा खेल संचालन गरिएको थियो ।कर्मचारी र पत्रकार बीचको सदभाव र भातृत्वलाई निरन्तरता दिन मैत्रीपूर्ण फुटबल खेलाइएको पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले बताउनुभयो ।

हरेक वर्ष धादिङमा निजामती सेवा दिवसको अवसर पारेर कर्मचारी मिलन केन्द्रले बिभिन्न खेलकुद लगायतका कार्यक्रमहरु आयोजना गरिरहेको छ । निजामती सेवा दिवस। हरेक वर्ष भाद्र २२ गते मनाउने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here