रूबीभ्याली-४ बोराङको थालगाङ डाडामा २२ फिट अग्लो शिव मुर्ती उटघटन सम्पन्न’

धादिङ । उत्तरी धादिङको रूबीभ्याली गाऊपालिका वडा न•४ बोराङ स्थित जनैपूर्णिमाको अवसर पारि, थालगाङ डांडामा २२ फिट अग्लो भगवान शिवको मूर्ति उटघटन सम्पन्न भएका छन ।
जनैपूर्णिमाको अवसरमा स्थानीयहरुको साथमा सिद्ध योगि बाबा श्री १००८ परमहंस कालीदास महाराजद्दारा उत्घाटन तथा प्राण प्रतिस्थापन सम्पन्न भएको हो ।

कार्यक्रममा राप्रपाका उप;नेता एवं पुर्व गृहमन्त्री बुद्धिमान तामाङ, भारतिय पाहुना शिव भक्त बाबा, पशुपति विकास कोषका सदस्य सचिव डा.मिलन थापा, सामाजसेवी फिलिम तामाङ लगायत बोर्डका सदस्यहरुको समेत उपस्थित रहेको वडा अध्यक्ष प्रशांत तामाङले होराइजन खबरलाई जानकारी दिनु भएको हो।

कार्यक्रममा उप’नेता तामाङ भन्छन् -“नेपालमा दिनप्रतिदिन धार्मिक सहिष्णुता कम हुदै जानु र धार्मिक कलह चहाने समूह सक्रिय हुनु मेरो लागि चिन्ताको बिषय हो, तामाङले बताए।

पुर्वमन्त्री तामाङ भंछन मेरो गाउँमा जहाँ बौद्ध र इसाई धर्म मान्ने बाहुल्यता धैर छन् भने हिन्दु मान्ने शुन्य मात्रामा छन् । तर यस गाउँठाउँमा धार्मिक सहिणुतालाई आत्मसात मानेर शिवको मूर्ति स्थापित गर्नु “धार्मिक सहिणुता”को उदाहरणीय कुरा हो, त्यसैले म शिव दर्शनको लागि आफ्नो जन्मभूमि आएको हुँ ।” भनेर उप’नेता तामाङले कार्यक्रमको समारोहमा बताएका थिए।

रूबीभ्याली-४ का वडा अध्यक्ष प्रशांत तामाङको अध्यक्षतामा गाऊँका मुखियाहरु,लामाहरु,झाक्रिहरुको नाच प्रदर्शन रहेको थियो। हेर्ने माँछेहरु झार्लाङ र रूबीभ्यालीका स्थानीयहरुको बाक्लो उपस्थिति रहेको तामाङले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here