गोरु काट्नु र मन्दिरको छेउमा चर्च बनाउनु आपत्तिजनक भएको भन्दै राप्रपाले बुझाए ज्ञापन पत्र ।

धादिङ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा सार्वजनिक रुपमा गोरु काट्ने, भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने र मंदिरसंगै चर्च बनाएको कार्य आपत्त्ती जनक भएको भन्दै राप्रपा धादिङले सिडीओ समक्ष ज्ञापन पत्र बुझाएको छ ।

सामाजिक सदभाव खल्बल्याउने गरी भएका यस्ता गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको राप्रपाका जिल्ला अध्यक्ष द्रुव खनाल बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘खुले आम गाईको मासु खाएर सामाजिक संजालमा खुला चूनौति दिने र मन्दिरसंगै चर्च बनाऊनेलाई मुलुकी अपराध ऐन २०७४ को दफा १५६ तथा २८९ बमोजिम संविधानको धारा २६ को उपधारा ३ ले दिने कानुन बमोजिम कारवाहि गर्न माग गरिएको छ ।

आपसी एकता, सदभाव र धार्मिक सहिष्णुता नेपालको पहिचान हो। सदियौंदेखि कायम रहेको नेपालको सामाजिक, धार्मिक सदभाव र एकतामा आँच आउन दिनु हुँदैन भन्नेमा राप्रपा प्रष्ट भएको जिल्लाका उपध्यक्ष श्यम सिं ठकुरीले बताए ।

उक्त घटनाका सम्बन्धमा गम्भीर भएको र आवश्यक तदारुकता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनका लागी तत्कालै प्रधानमन्त्री कहाँ पठाउने,जिल्ला प्रसशकिय प्रमुख बद्रीनाथ गैह्रेले बताउनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here