नेकपा एमाले ३ दिने प्रशिक्षण कार्यक्रम आजबाट सुरु

धादिङ– एमालेले धादिङमा अगुवा कार्यकर्ता प्रशिक्षण आजबाट सुरु गरेको छ । जिल्ला तहका नेता कार्यकर्तालाई नीति सिद्धान्त र भावी कार्य योजनाका बारेमा जानकारी गराउन प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।
तीनसम्म चल्ने पार्टी प्रशिक्षण कार्यक्रमको एमालेका केन्द्रीय लेखा आयोगका अध्यक्ष डाक्टर पुष्प कँडेलले उद्घाटन गरेका छन् । प्रशिक्षण उद्घाटनको क्रममा कुरा गर्दै कँडेलले देशको अर्थतन्त्र सुधारको लागि वर्तमान सरकार गम्भीर नदेखिएको बताए ।
देशमा अझैपनि आर्थिक मन्दी छ । तर वर्तमान सरकार गम्भिर भएको देखिदैन’, उनले भने-‘नेकपा एमालेले सरकारको नेतृत्व गरेको भए देशले आर्थिक मन्दी व्यहोरिरहनु पर्ने थिएन । सरकार अर्थतन्त्र सुधार र विकास निर्माण भन्दा पनि एक अर्काप्रतिको आक्षेप, आरोप प्रत्यारोपमै अल्झिरहेको छ ।’
दक्षिण एसियाका धेरै देशले कोरोनापछि आफ्नो देशको आर्थिक अवस्था सुधार गरिसकेको छ । तर नेपालमा भने सरकार जिम्मेवारीबाट पन्छदै अन्य बितन्डा मच्चाउन लागेकाले देशको आर्थिक स्थिति झनै बिग्रदै गएको उनले बताए ।

कार्यक्रममा बोल्दै नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले धादिङमा एमालेलाई बलियो बनाउन युवा पुस्ता नेता कार्यकर्तालाई सक्रिय बनाएर अघि बढ्न आवश्यक रहेको बताए । प्रशिक्षणपछि आ–आफ्नो भूगोलका कार्यकर्ताहरुलाई एमालेको सिद्धान्त र भावी योजनाका बारेका जानकारी गराउदा संगठन बलियो बन्ने विश्वास व्यक्त गरे ।  

नेकपा एमालेका केन्द्रीय सदस्य एवं स्कुल बिभागका उपप्रमुख ईश्वरी रिजाल, धादिङ जिल्ला इन्चार्ज केन्द्रीय सदस्य धर्मदत्त देवकोटा लगायतले विभिन्न विषयमा प्रशिक्षण गराउनेछन् । तीन दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा धादिङ जिल्लाबाट केन्द्रिय विभाग बागमती प्रदेश कमिटीका सदस्यहरु  जिल्ला कमिटीका सदस्यहरू, पालिका कमिटीका अध्यक्ष र सचिवहरुको सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here