मुख्यमंत्री-सालिकराम जम्कटेलको पहलमा सिरान बजारमा भासिएको सडक तत्कालै मर्मत गराउने`

धादिङ– धादिङबेसी नीलकण्ठ नगरपालिका वडा नम्बर ३ सिरानबजारमा भासिएको सडक अब दीर्घकालिन मर्मत हुने भएको छ ।
२०७२ सालको भुकम्पसँगै भासिन सुरु भएको सडकको बागमती प्रदेश सरकारले मर्मत गर्न लागेको हो । भासिएको सडकको शनिबार निरिक्षण गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको विपद कोषबाट तत्काल सडक मर्मत गराउने बताएका छन् ।

सिरानबजारमै आयोजित एक कार्यक्रममा सहभागी हुनु आएका मुख्यमन्त्री जम्कट्टेलाई स्थानियहरुले सडकमै रोकेर भत्किएको सडकको निरिक्षण गराएका थिए । निरिक्षणकै क्रममा मुख्यमन्त्री जमकट्टेलले सडक भाँसिएर जोखिमपूर्ण अवस्था बनेकाले यस क्षेत्रमा थप क्षति हुन नदिन तत्काल मर्मत गर्ने बताए ।
दीर्घकालिन मर्मतको लागि डिपिआर तयार गरेर पठाउन र काम सुरु गर्न प्रादेशिक सडक डिभिजन कार्यालय धादिङलाई निर्देशन समेत दिएका छन् । सडक डिभिजन कार्यालय धादिङका प्रमुख निरोज दाहालले दिर्घकालिन मर्मतको डिपिआर तयार गर्ने र प्रदेश सरकारलाई पठाउने प्रतिवद्धता जनाएका छन् ।

मर्मतको नाममा देखावटी काम हुने र हरेक वर्ष भासिएर समस्या थपिइरहँदा त्रसित बनेका स्थानीय आसावादी बनेका छन् । जिल्लाको सदरमुकाम धादिङबेसीको सिरान बजारस्थित मुख्य सडकको आधा भाग झण्डै डेढ मिटर तल भासिएको छ । सडक कुनापट्टी र सडकको तल रहेका करिब तीन दर्जन घर तथा संरचनाहरु जोखिममा छन् । पैदल हिड्न र गाडीहरु हिँडाउन पनि निकै जोखिम छ ।

साभार-शङकर श्रेष्ठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here