खनियाबास उपाध्यक्ष सेकेमान तामाङले आफ्नो तलब भत्ता बाट विद्यार्थी लाई छात्रवृत्ति प्रदान

धादिङ । एस.इ.इ. मा खनियाबास गा.पा. कै उत्कृष्ट GPA ल्याउन सफल बच्छाला मा.बि. का जीवन तामाङलाई खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेकेमान तामाङले रु ४०,०००!-(चालीस हजार)शैक्षिक सहयोग स्वरुप प्रदान गर्नु भएको छ।

बच्छालादेबी  मा.बि.ले आयोजना गरेको S.E.E २०७९ मा उतिर्ण भएका विद्यार्थीहरुलाई  बधाई  तथा सम्मान कार्यक्रम शुक्रबार सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा खनियाबास गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङले  चुनावको घोषणा अनुसार आफ्नो तलब भत्ताबाट विद्यार्थीहरुलाई छात्रवृत्ति दिने बचन अनुसार उक्त आर्थिक रकम शुक्रबार एक कार्यक्रम बिच हस्तान्तरण गर्नु भएको हो ।

यसै गरि प्रत्येक बर्ष आफनो तलब भत्ता बाट प्राप्त रकम विपन्न ,जेहेन्दार, एब उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई वडा न १ बाट ३० जनालाई दिने र आगामी बर्ष देखि वडा न २ हुँदै क्रमश सबै वडाहरुमा  छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here