खनियाबास भरिको उत्कृष्ट नम्बर ल्याउने जीवन ङर्थेन’लाई उपध्यक्ष-सेक्केमान तामाङद्दारा रु.४० हजार नगद सहयोग”

अनिस तामाङ

२७ साउन २०८०

धादिङको खनियाबास गाउँपालिका – ५ बच्छ्ला माध्यमिक बिद्यालयमा एस.इ इ २०७९ मा सामेल भइ उतिर्ण भएका विद्यार्थीहरुलाई सम्मान तथा बिदाई गरेका छन ।

शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरि मा.प्रदेश सांसद गोविन्द लम्साल प्रमुख आतिथ्य र गा.पा अध्यक्ष रण बहादुर तामाङ ,उपाध्यक्ष सेकेमान तामाङको विशेष आतिथि र चित्र बहादुर गुरूङको अतिथि,राजु पाख्रिन तामाङको सभापतित्वमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बोलदै प्रमुख अतिथि गोबिन्द लम्सालले भने,आगामी बजेटमा शिक्षा केन्द्रित भएर नीति तथा कार्यक्रमहरु निर्माण गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

त्यस्टै,खनियाबस गा.पा प्रमुख रण बहादुर तामाङले पनि राम्रोसंग पढ़ने विद्यार्थीहरुलाई गा.पा ले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धतता जनाउनु भएको थियो ।

कार्यक्रमकै अवसरमा पालिका उपाध्यक्ष सेकेमान तामाङले आफ्नो ब्यक्तिगत रूपमा २०७९ सालको SEE परिक्षा खनियाबास गाउँपालिका भरिमा उत्कृष्ट नम्बर ल्याई पालिका प्रथम भएका जीवन ङर्थेन तामाङलाई प्रोत्साहन स्वरुप उच्च शिक्षा हासिल गर्न सहयोग मिलोस भन्ने उद्देशले, ४० हजार रुपैया सहयोग गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै,उपाध्यक्ष सेक्केमान तामाङले स्थानीय सरकारको तर्फबाट र आफ्नो ब्यक्तिगततर्फबाट विद्यार्थी भाइबहिनीहरुलाई सदैव सहयोग गर्ने प्रतिबद्ध समेत व्यक्त गर्नुभयो ।

तामाङले आफ्नो पहिलो प्राथमिकता शिक्षा रहेकोले खनियाबासको बिकास शिक्षाबाट सुरु गर्ने बताउनुभयो । आफू निर्वाचित भएपछि गाउँपालिका भरिको सबै बिद्यालयमा स्वयं आफै पुगेर अनुगमन समेत गरेको बताउनुभएको हो ।

शिक्षाले मानिसलाई जीवन जीउन सिकाउन र हरेक ब्यक्तिको जीउने आधार भनेको नै शिक्षा भएको र शिक्षा आफ्नो पहिलो प्राथमिकता शिक्षा रहेको,मनोज तामाङ/सुजन तामाङले होराईजन खबरलाई जानकारी दिनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here