नेवि संघ धादिङको कार्यसमिति विस्तार

नेपाल विद्यार्थी संघ धादिङका अध्यक्ष सुदिप गौलीले कार्य समिति विस्तार गर्नुभएको छ । मंगलबार एक सुचना प्रकाशन गर्दे अध्यक्ष गौलीले कार्य समितिलाई पुर्णता दिन ३० जनालाई कार्यसमिति सदस्यमा थप गर्नुभएको हो ।

नेवि संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले धादिङको अध्यक्षमा गत फागुन १८ गते गौलीलाई नियुक्त गर्नुभएको थियो । गौलीले नेवि संघ धादिङलाई थप क्रियाशिल बनाउन हाल सदस्यमा थप मनोनित गर्नुभएको हो । अध्यक्ष गौलीले उपाध्यक्षमा विनोद रिजाललाई र सचिवमा दिनेश श्रेष्ठलाई गत चैत ६ गते नै मनोनित गरिसक्नुभएको छ ।

नेवि संघले अधिवेशन गर्न नसकेपछि केन्द्र देखि नै सदस्य मनोनित गर्दै काम कार्वाही अगाडी बढाउन सुरु भएकोले धादिङमा पनि मनोनित गरिएको अध्यक्ष गौलीको भनाई छl

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here