एनआरएनए जापानको महासचिवमा धादिङका श्याम शितल(श्याम कुमार श्रेष्ठ)को उम्मेदारी

जापान । गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकाल (सन २०२३–२५)का लागि  वर्तमान कार्यसमितिका सचिवश्याम शितल(श्याम कुमार श्रेष्ठ)ले महासचिव पदमा उम्मेदारी घोषणा गरेका छन्।
उनि,बिभिन्न संघ संस्था हुँदै गैरआवासीय नेपाली संघ जापानमा सन २०१७–२०१९ नागोया क्षेत्रिय समिती सचिव,सन २०१९–२०२१नागोया क्षेत्रिय समिती संयोजक र हाल सन २०२१–२०२३ कार्यकालमा गैरआवासीय नेपाली संघ जापानको  सचिव पदमा रहेरक्रियाशिल छन्।
श्याम शितलले उम्मेदवारी दिने,घोषणा गर्दै सामाजिक संजालमा लेखेका छन् – “संस्था आँफैमा गलत पक्कै होईन संस्था भित्रभएका केहि गलत ब्यक्तिहरुले नै संस्थालाई गलत बनएका हुन भन्ने महसुस गर्दै अहिले NRNA जापान भित्र चिरा परेका मनहरुलाईमिलाउन कै लागी भए पनि मैले संस्थामा आबद्द भै संस्थालाई सबैको अपनत्व हुने महसुस गराउनु पर्ने बिचार संगै आगामी सन२०२३–२०२५ कार्यकालको लागि महासचिव पदमा आफ्नो उम्मेद्वारी दिने हजुरहरु सबैमा जानकारी गराउदै आज सम्म मैले समाजप्रति गरेको योगदानको मुल्याङ्कन  गरि यदि यो अभियानमा मेरो आवश्यकता महसुस हुन्छ भने आफ्नो अमुल्य मत प्रयोग गरिसहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।”
सामाजिक संघ/संस्थाको यात्रा सुरुवात गर्नुअघिनै लोकप्रिय गायक र कुलस रेडियोकर्मीको परिचय बनाइसकेका  श्यामशितल,वर्तमान सचिव पदमा रहँदा सम्पादन गरिएका कामहरुको मूल्यांकनको आधारमा निर्विरोध महासचिवमा चयन हुने विश्वासगरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here