प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

काठमाडौ । विगत लामो समयदेखि अस्वस्थ रहेकी ७१ वर्षीया सीता दाहाललाई बुधबार बिहान कृतिम श्वासप्रश्वास दिँदै अस्पताल पुर्‍याइए पनि अस्पतालले उनलाई बौराउन सकेन।

‘हामीले उहाँलाई रिभाइभ गर्न सकेनौँ,’ उपचारमा संलग्न एक चिकित्सकले देशसञ्चारसँग भने।

प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहाललाई छोरा प्रकाश दाहालको आकस्मिक निधनपछि विभिन्न शारीरिक तथा मानसिक समस्या देखिएका थिए।

सीता दाहालमा पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोगले प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी) देखिएको थियो। यसको उपचारका लागि भारत अमेरिका सिंगापुर तथा नेपालका विभिन्न अस्पतालमा उनलाई पुर्‍याइए पनि सम्भव हुन सकेको थिएन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here