मनाङ एयरको हेलिकप्टर दुर्घटना: ५ जनाको शव भेटियो

काठमाडौ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार दुर्घटनास्थलमा असई निराजन बस्नेतको टोली पुगेको छ।

असई बस्नेतले ५ जनाको शव फेला परेको बताएको बास्तोलाको भनाइ छ।

‘घटनास्थलमा पुगेका प्रहरीले तीन वटा शव देखेको बताएका छन्। शवको पहिचान भइसकेको छैन। अरू खोज्ने क्रम जारी छ। घटनास्थलमा स्थानीय पनि छन्,’ उनले भने।

आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो।

हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो।

हेलिकप्टरमा पाँच जना विदेशी र एक जना नेपाली छन्। पाइलट चेतबहादुर गुरूङ रहेको प्रजिअ बसन्त भट्टराईले बताए। अन्य यात्रु भने मेक्सिकोका नागरिक रहेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here