वन कार्यालय धादिङ द्वारा  आज देखि  विरुवा  निःशुल्क वितरण गर्ने

धादिङ । डिभिजन वन कार्यालय धादिङले आफ्नै नर्सरीमा उत्पादन गरेको ३६ हजार विरुवा आजबाट निःशुल्क वितरण गर्ने भएको छ ।

डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत लोकनाथ लम्सालका अनुसार निवेदनका आधारमा व्यक्तिगत १५ वटा सम्म, कार्यालयहरुको लागि ५० वटा, संस्थागत १०० वटा सम्म र सामुदायीक वनहरुलाई क्षेत्र हेरेर २५० वटा सम्म विरुवा दिईने छ ।

यस पटक वितरण हुन लागेको विरुवामा वन जन्य विरुवाहरु चिउरी, कटहर, बडहर, तेजपात, टाँकी, बकाईनो, कागती, अमला, निमारो, अम्बा, चाँप, कफी र सौन्दर्यमूलक विरुवाहरुमा म्याङ्गोस्टिक, रुद्राक्ष, श्रीखण्ड, धुपी, अशोका, कल्की, कपुर, नीम रहेका छन् ।
Source: Dhadingpost

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here