घरमै मृत भेटिए अभिनेता सारुक ताम्राकार

काठमाडौं । अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् ।

ताम्राकार बिहीबार राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

फिल्म ‘रानी’बाट अभिनय सुरु गरेका सारुकले ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’मा अभिनय गरेका छन् ।

सारुक अभिनेता सानु ताम्राकारका छोरा हुन् ।

ताम्राकारको शव अहिले पोष्टमाटमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको प्रवक्ता रिजालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here