बाल बिबाह अन्त्यका लागि रुबीभ्यालीमा समुदाय परिचालन कार्यक्रम सम्पन्न

धादिङ । रुबीभ्याली गाउँपालिकाको आर्थिक सहयोग र नमस्ते ग्रामीण बिकासको सहकार्यमा पालिकाको २ वडाहरु ५ को कपुर गाउँ र ६ को कुप्चेतमा कार्यक्रम सम्पन्न भएको छ ।

बाल बिबाह अन्त्यका लागि समुदाय परिचालन कार्यक्रम अन्तर्गत जनचेतनात्मक भिडियो तथा अन्य सामाग्रीहरु प्रोजेक्टरको माध्यम बाट प्रदर्सन गरिनुको साथै बाल बिबाहको कारण, त्यसले पर्ने असर र न्यूनीकरणको  उपायहरूमा संस्थाका सचिब बल बहादुर गुरुङले सहजीकरण गर्नु भयो ।

त्यस्तै १८ बर्ष भन्दा कम उमेरमा पहिलो सन्तान जन्माउदा र ३५ बर्ष पछि पनि पहिलो सन्तान जन्माउदा आमा र बच्चा दुबैमा समस्या आउने संस्थाका अध्यक्ष एबं स्वास्थ्य कर्मी पुरन तामाङले बताउनु भयो ।

उक्त कार्यक्रममा गाउँका किशोर किशोरी, उनीहरुका अभिभावक, स्थानीय बुद्धिजीवी लगायत सरोकारवालाहरुको सहभागितामा रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here