नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा बिहीबार दुवै पक्षबाट सम्झौतामा हस्ताक्षर भएको हो ।

तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको हो ।

नेपालगञ्ज सुख्खा बन्दरगाहको उद्घाटन गरिएको छ । बाँकेमा भारत सरकारको सहयोगमा निर्माण गरिएको व्यापार पूर्वाधारको बिहीबार नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन गरेका छन् ।

बिहीबार दिल्लीबाट दुई देशका प्रधानमन्त्रीले स्वीच थिचेर रलवे र कार्गो रेल उद्घाटन गरेका हुन् । प्रचण्ड र मोदीले उद्घाटन गरेपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ गर्ने र बुधनगरमा नेपाली पक्षले स्वागत गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here