बागमती प्रदेश खेलकुद प्रतियोगितामा स्वर्णसहित चित्तवन बिजेता: धादिङले अहिलेसम्म कुनै स्वर्णपदक जित्न सकेन

चितवन । जारी बागमती प्रदेश दोस्रो खेलकुद प्रतियोगिताअन्तर्गत आजसम्ममा सबैभन्दा बढी चितवन जिल्लाले २१ स्वर्ण, १८ रजत र १८ कास्यसहित च्याम्पियन बन्न सफल भएको छ । दोस्रो स्थानमा काठमाडौँ १९ स्वर्णपदक, १४ कास्यपदक र १४ रजत पदकसहित दोस्रोमा आउन सफल भएको हो । 

यसैगरी तेस्रो स्थानमा भक्तपुर आउन सफल भएको छ । भक्तपुरले नौ स्वर्णपदक, १० रजतपदक र नौ कास्यपदक  जित्न सफल भएको छ । यस्तै सिन्धुपाल्चोकले नौ स्वर्ण, चार रजत र १० कास्य जितेको छ । रामेछापले भने सात स्वर्ण, आठ कास्य र १५ रजत जित्न सफल भएको छ । 

प्रदेश राजधानी मकवानपुरले आठ स्वर्ण, चार रजत र ११ कास्य जितेको छ । दोलखा जिल्लाले भने तीन स्वर्ण, नौ रजत र आठ कास्य प्राप्त गरेको छ । त्यसैगरी नुवाकोटले ६ स्वर्ण, पाँच रजत र १३ कास्य ल्याउँदा काभ्रेले ११ स्वर्ण, नौ रजत र १२ कास्य ल्याउन सफल भएको छ । 

ललितपुर जिल्लाले आठ स्वर्ण, ११ रजत र १७ कास्यपदक जित्न सफल भएको छ भने सिन्धुलीले एक स्वर्ण, चार रजत र चार कास्य जित्न सफल भएको छ । धादिङले अहिलेसम्म कुनै स्वर्णपदक जित्न सफल भएको छैन । उक्त जिल्ला पाँच रजत र सात कास्यपदकमा सीमित छ । रसुवाले पनि अहिलेसम्म कुनै स्वर्णपदक जित्न सफल भएको छैन । रसुवाले एक रजतसहित चार कास्यपदक मात्र जित्न सफल भएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here