प्रचारप्रसारको अभावमा लदेन गुफा: जहाँ बुद्धको मुर्ति गाइको थुन लगायत थुप्रै आकृति देख्न सकिन्छ

धादिङ, सीता तामाङ । (तस्बिरहरु सहित) धादिङ जिल्ला कै पहिचानको रुपमा बन्न सक्ने  लदेन गुफा प्रचारप्रसारको अभावमा छायामा परेको छ ।

रुबी भ्याली गाउँपालिका वडा नं. ५ मा अवस्थित पर्यटकीय दृष्टिले अत्यन्तै रमणीय र अवलोकनिय स्थल मध्य लदेन गुफा एक हो । जहाँ प्राकृतिक गौतम बुद्धको मुर्ती, गाईको थुन लगायत  विविध अथाह वस्तुहरुको अवलोकन गर्न सकिने स्थलहरुको सम्झनाको प्रतिरुप रहेको यसै वडाका पुर्व अध्यक्ष धिराज तामाङ बताउनु हुन्छ ।

केहि दिन अघि मात्रै लापा स्वास्थ चौकीका प्रमुख समेत रहनु भएका सीता तामाङ लगायतको टोलि उक्त स्थानको अबलोकन तथा भ्रमणमा जानू भएको थियो । पर्यटकीय प्रचुर सम्भावना रहेको र मुख्य गरि गुफा सम्म पुग्ने बाटो निकै अप्ठ्यारो रहेकोले वडा तथा पालिकाले थोरै रकम बिनियोजित गरि बाटो निर्माण गर्नुको साथै यसको संरक्षण तथा प्रचारप्रसार समितिको गठन गरि कार्य गरेमा निकट भबिस्यमा स्थानीयको आम्दानीको स्रोत बन्न सक्ने सीता तामाङ बताउनु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here