परिक्षा शुल्क तिर्न नसक्दा धादिङका १९ बर्षिया किशाेरले गरे आत्महत्या ।

धादिङ । धादिङ जिल्लाको सालबास माध्यमिक विद्यालयकाे कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले आत्महत्या गरेका छन् । ज्वालामुखि गाउँपालिका ७ चैनपुर निवासी १९ वर्षिय जित बहादुर बयलकोटीले आत्महत्या गरेका हुन् ।

आर्थिक अभावले पीडित परिवारका अनुसार कक्षा १२ को परिक्षाको तयारीमा रहेका बयलकोटीसँग परिक्षा शुल्क तिर्ने रकम समेत थिएन ।

वैशाख २६ गतेदेखि शुरु हुने परिक्षाका लागि विद्यार्थीले परिक्षा शुल्क तिरेर प्रवेश पत्र लिनुपर्छ तर, उनीसँग उक्त शुल्क बुझाउने पैसा थिएन । शुल्क प्रवेश पत्र नदिने विद्यालयका प्रधानाध्यापक बलाराम ईटनीले बताएपछि उनी घर गएकाे र भाइसंग पैसा माग्दा भाईले पनि पैसा नदिए पछि बीस सेवन गरि आत्महत्याकाे गरेकाे हुनसक्ने दलित सेवा संघ धादिङका अध्यक्ष श्याम बहादुर मगरातीले बताउनु भयाे ।

जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारले दिएको उजुरी अनुसार इटनीले पहिले पैसा ल्याउ अनि भोली प्रवेश पत्र लिएर जाउ भनेपछि घर गएका बयलकोटीले सोही रात आत्महत्या गरेका हुन् ।

पीडित परिवारले प्रधानाध्यापक इटनीकै कारण बयलकोटीले आत्महत्या गरेको दाबी गरेका छन् । उनीहरुले ईटनी विरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिने समेत तयारी गरेकाे तर, विभिन्न राजनीतिक दलको पहुँचमा रहेका इटनी विरुद्ध जाहेरी स्विकार गर्न प्रहरी तयार हुनेमा पीडित परिवारको शंका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here