नेपाल एसिया कपमा छनोट: फाइनलमा युएईमाथि ७ विकेटको सानदार जित

काठमाडौँ । नेपाल एसिया कप क्रिकेटमा छनोट भएको छ ।
एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा आज युएईमाथि ७ विकेटको सानदार जित निकाल्दै नेपाल एसिया कपमा छनोट भएको हो ।
युएईले लिएको ११७ रनको झिनो लक्ष्य घरेलु टोली नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्यमा पुगेको हो । 
नेपाललाई एसिया कपमा पुर्याउन गुल्शन झा र भीम सार्कीले उत्कृष्ट पारी खेले । 
७.६ ओभरमा मात्र २२ रन बनाउँदा नेपालले तेस्रो विकेट गुमाएको अवस्थामा क्रिजमा आएका गुल्शनले अर्धशतकीय पारी खेले ।
उनले ८४ बलमा अविजित ६७ रन बनाएर नेपालको जित सुनिश्चित गराए ।
यस्तै, उनलाई भीम सार्कीले राम्रो साथ दिए । उनले ७२ बलमा अविजित ३६ रन बनाए । 
यसअघि नेपालका ओपनर कुशल भुर्तेल १.१ ओभरमै आउट भएका थिए । उनले ८ बल खेल्दै १ रन मात्र जोडेर आउट भएका हुन् ।
अर्का ओपनर आसिफ शेख पनि १० बलमा ८ रन बनाउँदै आउट भए ।
नेपालले ६.१ ओभरमा दोस्रो विकेट गुमाउँदा १९ रन मात्र बनाएको थियो ।
नेपालले तेस्रो विकेट गुमाउँदा २२ रन मात्र बनाएको थियो । कप्तान रोहित पौडेल ९ बलमा मात्र १ रन बनाएर आउट भएका हुन् ।
त्यसपछि गुल्शन र भीमले पारी सम्हाल्दै नेपाललाई सहज जित निकालेका हुन् ।
टस हारेर पहिले ब्याटिङ गरेको युएईले ३३.१ ओभरमै सबै विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो । नेपाल ११८ रनको झिनो लक्ष्य पछ्याएको थियो ।
लगातारको वर्षाले नेपाल र युएईबीचको सोमबार अबरुद्ध भएको फाइनल खेल भएको हो । 
ललित राजबंशीले जुनैद सिद्धिकीको विकेट लिएपछि युएई अलआउट भएको हो ।
लगातारको वर्षाले नेपाल र युएईबीचको सोमबार अबरुद्ध भएको फाइनल खेल अहिले भएको हो ।
युएईले खेल रोकिनुअघि सोमबार २७.३ ओभर खेल्दै ९ विकेट गुमाएर १०६ रन बनाएको थियो । 
२८ औँ ओभरमा नेपालका ललित राजवंशीले लगातार २ विकेट लिएका थिए । उनी ह्याट्रिकको संघारमा हुँदा पानी परेर खेल रोकिएको थियो ।
ललितले उक्त ओभरको दोस्रो बलमा आसिफ खान र तेस्रो बलमा जहुर खानलाई लगातार आउट गरेका थिए । 
आज पुनः सोमबार रोकिएको ठाउँबाट ललितले बलिङ गरे । तर, उनले ह्याट्रिक गर्न भने सकेनन् ।
सोमबार ललितले ३, सन्दीप लामिछाने र करण केसीले २–२ तथा सोमपाल कामी र गुल्शन झाले १–१ विकेट लिएका थिए । ललितले आज थप १ विकेट आफ्नो नाममा लेखाएका छन् ।
नेपाल आजको खेल जितेपछि एसिया कप छनोट भएकाे छ । आगामी सेप्टेम्बरमा हुने प्रतियोगितामा नेपालले भारत र पाकिस्तानसहितका ठूला टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि २१ वर्ष पहिले नेपाल एसिया कपमा छनोट भएको भए पनि भारत र पाकिस्तानको द्धन्द्धका कारण खेल्नबाट बञ्चित भएको थियो । अब नेपाल पहिलोपटक एसिया कप खेल्ने क्रममा छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here